चितवनमा होम आइसोलेशनमा बसेकी वृद्धाको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र २८, आईतवार ११:१२
प्रकासित समय : ११:१२
चितवन, भरतपुर होम आइसोलेशनमा बसेकी कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका–५ निवासी ८५ वर्षीया वृद्धाको आइतबार विहान ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । ती वृद्धा अल्सर र क्यान्सरकी बिरामी हुन्।
चितवनमा होम आइसोलेशनमा रहेका कोरोना संक्रमितको मृत्यु भएको यो दोस्रो घटना हो। यसअघि खैरहनी नगरपालिकाकी १०८ वर्षीया वृद्धाको घरमै मृत्यु भएको थियो ।
यससँगै कोरोनाभाइरसको संक्रमणबाट चितवनमा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।