बागलुङमा बाढीले ५ वटा झोलुङ्गे पुलमा क्षति पुग्यो
प्रकासित मिति : २०७७ भाद्र २८, आईतवार ०८:४८
प्रकासित समय : ०८:४८
बागलुङ , बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्याएको हो ।
मिचेक घाटको पुल बाढीले बगाएको छ भने अन्य पुलमा क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ । पुल मर्मत सम्भार गर्नका लागि मात्रै एक करोडभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।
यस्तै दलामचौर घाटमा रहेको अस्थायी मोटरेबल पुलसमेत बाढीले बगाएको छ । पुल बगाएपछि ताराखोलादेखि हरिचौर हटियासम्मको सडक पूर्णरूपमा अवरुद्ध बनेको छ । ताराखोलाको करिमेला, ताराखोला र मपेस खोलामा आएको बाढीले पाँच किलोमिटर सडकमा समेत क्षति पुगेको छ ।