कोरोनाबाट थप नौं जनाको मृत्यु, मृतक संख्या ३४५ पुग्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप नौं जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ९ जना कोरोना संक्रमितको मृतयु भएको हो । मृत्यु हुनेमा ३ महिला र पुरुष ६ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ ।
काठमाडौं उपत्यकामा ५९७ सहित देशभर थपिए एक हजार ३९ संक्रमित पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार उपत्यकाका तीन जिल्लामा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । मन्त्रालयका अनुसार उपत्यकका काठमाडाँैमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनाका कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा शनिबार ४३१ जनामा कोरोना पुष्टि भएको थियो । काठमाडौंमा संक्रमण पुष्टि भएकाहरु आज नेपालमा थपिएका एक हजार ३९ जना संक्रमितमध्येका हुन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप एक हजार ३९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १,१७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ३८ हजार ६९७ उपचारपछि निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ छ । ९ हजार १६५ सय जनाको आज पिसिआर परीक्षण भएको छ ।