चितवनमा थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ भाद्र २७, शनिबार ०७:४९
प्रकासित समय : ०७:४९
चितवन, भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ८७ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
भदौ २६ गते शुक्रबार गरिएको ५ सय ३३ नमुनामध्ये ८७ नमुनाको कोरोना पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन् ।संक्रमित हुनेहरु सबै चितवन जिल्लाकै रहेका छन् ।
भरतपुरका ७३, रत्ननगरका २, खैरहनीका ४ र कालिकाका ८ जना रहेका छन् । जसमा ३ वर्षे बालक र ११ वर्षिया बालिकासमेत रहेका छन् ।