२४ घण्टामा १ हजार २०१ जनामा कोरोना संक्रमण,८५२ जना डिस्चार्ज
प्रकासित मिति : २०७७ भाद्र २७, शनिबार १६:२९
प्रकासित समय : १६:२९
काठमाडौं, पछिल्लो २४ घण्टामा १ हजार २०१ कोरोना संक्रमित थपिएका छन् । १० हजार १७६ पीसीआर गर्दा १ हजार २०१ जनामा कोरोना पुष्टि भएको हो ।
सोही अवधीमा ८५२ जना निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार नियमित प्रेस व्रिफिङमा जानकारी दिए ।
हाल सक्रिय संक्रमितको संख्या १५ हजार २६० रहेको मन्त्रालयले जनाएको छ ।