देशभर भेन्टिलेटरमा २४ र आईसीयूमा १६० जना उपचाररत

काठमाडौं,  देशका विभिन्न अस्पतालका भेन्टिलेटरमा २४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

बागमती प्रदेशमा २१ जना, प्रदेश ५ मा दुई जना र सुदूरपश्चिम प्रदेशमा एक जना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइको छ।

मन्त्रालयका अनुसार देशभर १६० जना संक्रमित आईसीयूमा छन्। प्रदेश १ मा पाँच जना, प्रदेश २ मा नौ जना, बागमती प्रदेशमा १०९ जना आईसीयूमा छन्।