काठमाडौंमा थपिए ४३१ कोरोना संक्रमित
प्रकासित मिति : २०७७ भाद्र २७, शनिबार १६:४१
प्रकासित समय : १६:४१
काठमाडौं, काठमाडौंमा आज शनिबार ३७७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा यो संख्यामा संक्रमित थपिएका हुन्।
त्यसैगरी ललितपुरमा ३७ जना र भक्तपुरमा १७ जना संक्रमित थपिएका छन्।
केही दिनयता काठमाडौंमा संक्रमण दर बढ्दो क्रममा छन्। हिजो शुक्रबार काठमाडौंमा मात्रै ६२० जना र अस्ति बिहीबार ४९५ जना संक्रमित थपिएका थिए।