कागेश्वरी मनोहरामा ग्यास विष्फोट, एकजना घाइते

काठमाडौं ,  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ मा ग्यास सिलिन्डर विष्फोट भएको छ । सिलिन्डर विष्फोट हुँदा ४८ वर्षीया मीरा जोशी घाइते भएकी छिन् ।

घाइतेलाई उपचारका लागी किर्तीपुर अस्पतालमा पठाइएको छ ।घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले रातोपाटीलाई बताए ।

स्थानीय पुष्प ओझाको घरको भान्सामा बिहान ६ बजे सिलिन्डिर बिष्फोट भएको थियो ।