कोरोनाले संकटमा परेकाहरुलाई उद्धार गर्न जनगणतान्त्रीक सम्पर्क मन्चको आग्रह

काठमाडाैँ,  कोरोनाका कारण अप्ठयारोमा परेका मजुदर तथा गरिखाने बर्गको पिडा तत्काल संबोधन गर्न जनगणतान्त्रीक सम्पर्क मन्चले आग्रह गरेको छ । कोरोना भाइरसका कारण लकडाउनमा परि अप्ठयारोमा परेकाहरुको रोजी रोटीको ग्यारेन्टी गर्न आग्रह गरेको हो ।

शुक्रबार केन्द्रिय सदस्य खेम प्रधानद्धारा जारी बिज्ञप्तीमा देश गम्भिर संकटमा गुज्रीरहेको भन्दै सरकाकार जिम्मेबार नभएको बताइएको छ । सरोकारवाला निकायहरु जिम्मेबार हुनु भन्दा उल्टै भरौटेहरु पोस्ने तर्फ उन्मुख भएको जिकिर गरिएको छ ।

साथै बिज्ञप्तीमा कोरोना परिक्षणको दायरा नबढाइ मिडियाबाजि मै सिमित रहेको, गरिएको उक्त परिक्षण पनि वास्तविक संक्रमित पहिचान गर्न तर्फ नलागी शक्तिको आडमा गर्ने गरेको, यस्तो विषम परिस्थितिमा पनि सरकारले विभिन्न बहानामा पेट्रोलियममा मुल्यवृद्धि समेत गरि जनताको ढाड सेक्ने काम गर्दै आएकोले सरकार तत्काल आम नागरीकहरुप्रति जवाफदेयी नभए कडा संघर्षका कदम चाल्न बाध्य हुने चेतावनी दिइएको छ ।

 पेट्रोलमा बढाएको मुल्यवृद्बि तत्काल फिर्ता लिन गरिएको आम नागरिकको आग्रहलाई अहिलेसम्म बेवास्ता गरि सरकारले जनहित अनुसार तत्काल कदम नचाले कडा संघर्षमा उत्रिने बिज्ञप्तीमा उल्लेख छ ।