सेभ द चिल्ड्रेनले बाँडयो कुशे गाउँपालिकामा खाद्यन्न

जाजरकोट, जाजरकोटको कुशे गाउँपालकिामा सेभ द चिल्ड्रेनले खाद्यन्न बितरण गरेको छ । सेभ द चिल्ड्रेनको आर्थिक सशयोग र गाउँपालिकाको समन्वयमा खाद्यन्न बितरण गरिएको हो ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पहाडि क्षेत्र बिकास अभियान जाजरकोटको सहजिकरणमा शुक्रबार थर्पु माबि ढिमेबाट खाद्यान्न ६० केजि, फेस टाबेल साबुन बितरण गरिएको बताइएको छ ।

 एउटा बाल्टिन र पानी शुद्धीकरण गर्ने एक्वाट्याब १ पत्ता कुशे गापा अध्यक्ष हरिचन्द्र बस्नेत र पहाडी क्षेत्रविकास अभियान जाजरकोटका निर्देशक रण ब कार्कीद्वारा  वडा नं ८ र ९ लाई वितरण गरिएको छ ।

कुशेका अन्य वडाहरूकोलागि पनि तत्कालै बितरण गर्ने पहाडी क्षेत्र बिकास अभियानकै ईन्जिनियर रत्न बहादुर डाँगिले जानकारी दिए । दोस्रो चरणमा तिहार भन्दा केही दिन अगाडि पुन खाद्यान्न वितरण गर्ने उदेश्य रहेकाे अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । बस्नेतले तिहारमा कसैको घरमा चामल छैन भन्ने दिन सुन्न नपर्ने गरि बितरण गर्ने दाबी गरे ।