सरकारको काममा पार्टीले हस्तक्षेप नगर्ने नेकपा स्थायी कमिटि निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटि बैठकले सरकारको काममा पार्टीले कुनै पनि हस्तक्षेप नगर्ने लगायतका महत्वपुर्ण निर्णयहरु गरेका छन ।

आजको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने निर्णय गरेको हो । बैठकले पार्टीका अध्यक्षद्धय दाहाल र ओलीले संयुक्त रुपमा प्रस्तुत गरेको विभिन्न १५ बुंदे प्रस्तावमा बैठकमा बोल्ने नेताहरुको सुझावलाई समेत समेट्ने गरी कार्यन्वयनमा लैजाने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा स्थायी समिति सदस्यहरु रघु पन्त, लिलामणि पोख्रेल, भीम आचार्य, माधव नेपाल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, घनश्याम भुसाल, मातृका मात्रिका यादव, भीम रावल अमृत बोहरा, झलनाथ खनाल र नारायणकाजीले धारणा राखेका थिए । त्यस्तै बैठकले पार्टीको महाधिवेशन आगामी चैत २५ देखि ३० सम्म काठमाडौंमा गर्ने निर्णय समेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बैठकले महाधिवेशनको लागि आवश्यक तयारी तथा एजेण्डा तयार गर्न आगामी काक्तिक १५ देखि १७ गते सम्म पार्टीको केन्द्रिय कमिटिको बैठक बस्ने पनि निर्णय गरेको छ । बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने पनि निर्णय गरेको छ ।

एमसीसी परिमार्जन सहित पास गर्ने निर्णय

त्यस्तै लामो समय सम्म पार्टीभित्र विवादिन बनेको अमेरिकी सहयोग निकाय,मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई परिमार्जन सहित पास गर्ने निर्णय गरेको छ ।

त्यसको पार्टीको गत माघमा सम्पन्न केन्द्रिय कमिटिको बैठकले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको एमसीसी अध्यायन कार्यदलले बुझाएको प्रतिवेदनलाई आधार मान्ने समेत निर्णय गरेको छ । ,‘एमसीसी लाई परिमार्जन सहित पारित गर्ने निर्णय बैठकले गरेको छ ‘ प्रवक्ता श्रेष्ठको भनाइ छ ।