आज उपत्यकामा ६ सय ९६ संक्रमित थपिए

काठमाडौं, काठमाडौं उपत्यकामा जम्मा ६ सय ९६ संक्रमित थपिएका छन्। काठमाडौं मात्र ६ सय २० संक्रमित थपिएका छन्।

त्यस्तै भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना थपिएका छन्। आज देशभर १४ हजार ९ सय २५ सक्रिय संक्रमित रहेका मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए। त्यस्तै ८ हजार २ सय ९१ जना संस्थागत आइसोलेसनमा रहेका गौतमले जानकारी दिए।

आज देशभर १० हजार ७ सय १ पिसिआर परीक्षण भएका उनले बताए।