नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ।