नेपालमा थप १ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण
प्रकासित मिति : २०७७ भाद्र २६, शुक्रबार १६:३५
प्रकासित समय : १६:३५
काठमाडौँ, नेपालमा थप १ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमित देखिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४५४ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ।संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३६ हजार ६ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९ सय ७२जना उपचारपछि डिस्चार्ज भएका छन् ।
७१ प्रतिशत संक्रमित निको भएका छन् ।