वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनमा असन्तुष्टि जनाए

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनमा आफ्नो सहमति नभएको असन्तुष्टि व्यक्त गरेका छन्।अध्यक्षद्वयले परिमार्जनसहित आज बैठकमा प्रस्तुत गरेको प्रस्तावमा आफ्ना कुरा समावेश नगरेको र विषय कार्यान्वयन नभएको भन्दै नेता नेपालले असन्तुष्टि जनाएका हुन्।

नेपालले १८ गते बसेको सचिवालय बैठकमा पनि कार्यदलले बुझाएको प्रतिवेदनमै १५ बुँदे असहमति राखेका थिए।नेता नेपालसहित अष्टलक्ष्मी शाक्य, देव गुरुङ, मातृका यादव, भीम आचार्य, रघुजी पन्तले बैठकमा धारणा राखिसकेका छन्। महासिचव विष्णु पौडेल नेतृत्को कार्यदलले विवाद समाधानका लागि बुझाएको प्रतिवेदनमा नेता नेपालले १५ बुँदे सहमति प्रकट गरेका थिए।

नेपालले एक व्यक्ति एक पदको विषयमा कार्यदल मौन रहेको,बहुमतको निर्णयको पालनाकोबारे केही उल्लेख नगरेको, दुई अध्यक्षको जिम्मेवारीमा मूलत भन्ने शब्दावली ठीक नरहेको, पार्टीका कमिटीको भूमिका खुम्च्याउन खोजेकोलगायतका प्रतिवेदनलाई सच्याउनुपर्ने माग राख्दै आएका छन् ।