सामाजिक सञ्जालमार्फत  पिसिआर रिपोर्ट सम्बन्धी अफवाह फैलाएको आरोपमा २ जना पक्राउ 

कास्की, सामाजिक सञ्जालमार्फत कोभिड १९ को पिसिआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको आरोपमा २ जना पक्राउ परेका छन ।पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका ७ घर भई हाल कास्की पोखरा महानगरपालिका ५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका ४ घर भई कास्की पोखरा महानगरपालिका ९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साल रहेका छन् ।

रिमाललाई बुधबार तथा लम्साललाई बिहीबार आ आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो ।प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोभिड(१९ पिसिआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी झुट्टा अफवाह फैलाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरु विरुद्ध झुट्टा अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।