प्रधानमन्त्री ओली स्थायी समिति बैठकमा एकैछिन बसेर बाहिरिए
काठमाडौं, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा बसेको पार्टी स्थायी समिति बैठकमा एकैछिन बसेर बाहिरिएका छन् । बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी रहने छ।आन्तरिक विवादका कारण स्थगित भएको बैठक डेढ महिनापछि शुक्रबार बसेको हो ।
बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्तावमाथि सामान्य छलफल गरेर पारित गर्ने तयारी छ ।गत साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा अध्यक्ष ओली र प्रचण्डले बैठकका एजेण्डा तयार गरेका छन् ।
कार्यदललाई नै आधार बनाएर तयार एजेण्डामा दुई अध्यक्षको जिम्मेवारीबारे प्रस्ट पार्नेदेखि चैतमा महाधिवेसन गर्ने, निश्चित मापदण्डका आधारमा मन्त्रि तथा राजनीतिक नियुक्ति गर्ने, पार्टी एकताका बाँकी काम असोज महिनामा सक्ने,लगायतका विषय समेटिएका छन् ।
तर, उक्त दस्तावेजमा वरिष्ठ नेता माधवकुमार नेपालका १५ बुँदे असन्तुष्टीलाई भने समेटिएको छैन् ।