गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ भाद्र २६, शुक्रबार १२:३१
प्रकासित समय : १२:३१
पोखरा, गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ७ सय ९५ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०का २१ र तनहुँका १० जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमितमध्ये भानुका ५ जना सशत्र प्रहरीमा कार्यरत रहेको निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए । अन्य सबैको कन्ट्याक्ट ट्रेसिङको क्रममा संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको डा। शर्माले बताए ।