नेकपा स्थायी कमिटीको बैठक बस्दै
प्रकासित मिति : २०७७ भाद्र २६, शुक्रबार १०:१२
प्रकासित समय : १०:१२
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज बस्न लागेको छ । गत साउन २३ गतेदेखि स्थगित स्थायी कमिटी बैठक आज बस्न लागेको हो ।
बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा हालै गठित कार्यदलले तयार गरेको प्रतिवेदनमाथि छलफल हुने स्रोतले बताएको छ ।बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी र केही अन्य विषयमा सामान्य छलफल हुने स्रोतको दावी छ ।
प्रधानमन्त्री एवम् अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच गत सोमबार बिहान भएको छलफलमा शुक्रबारका लागि स्थायी कमिटी बैठक डाक्ने सहमति भएको थियो।

