भारत र चीन बिबाद कम गर्न पाँच बुँदे सहमति

काठमाडौं, भारत र चीनले दुई देशबीचको सीमा क्षेत्रमा देखापरेको बिबादलाई कम गर्ने विभिन्न पाँच बुँदे सहमति भएका छन । बिहीबार दुई देशका विदेशमन्त्रीहरु बीच भएको छलफलमा सो सहमति भएको हो ।‘सीमामा देखिएको अहिलेको अवस्था दुवै पक्षको हितमा नरहेको’ मा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यी सहमत रहेको बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ ।त्यस्तै, दुवै देशले सीमाबारे गरिएका सहमति र नियमलाई पालना गर्दै सीमामा शान्ति कायम गर्ने र स्थितिलाई तनावपूर्ण बनाउने कुनै पनि काम नगर्ने पनि सहमति भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

रुसले आयोजना गरेको सांघाई कोओपरेसन अर्गनाइजेसन समिटको साइडलाइनमा दुई नेताबीच छलफल भएको थियो । लाइन अफ एक्चुअल कन्ट्रो ९एलएसी० भनिने ३ हजार ४८८ किलोमिटर लामो सीमा क्षेत्रमा भारत र चीनले गत मे महिनादेखि सैन्य उपस्थिति बढाउँदै आएको छ । तनाव बढ्दै गएपछि केही दिन अघि दुई देशको सीमामा सन् १९७५ पछि पहिलोपटक गोली प्रहार भएको थियो ।विवादलाई कम गर्न सैन्य कमान्डर र कुटनीतिज्ञहरुबीच विभिन्न चरणको वार्ता तथा वाङ र जयशंकरबीच दुईपटक फोनवार्ता भए पनि तनाव कम हुन सकेको थिएन । यसअघि, मस्कोमा भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ समकक्षी वेई फङ्घेबीच तनाव कम गर्ने सहमति भएको केही दिनपछि नै सीमामा पुनः तनाव बढेको थियो ।

तनाव बढ्दै गएपछि भारत र चीनबीचको आर्थिक सम्बन्धमा पनि असर देखिएको छ । भारतले चिनियाँ लगानीलाई कम गरेको छ भने हुवावेलाई फाइभजी नेटवर्कबाट बाहिर राख्ने भएको छ । त्यस्तै, गत हप्ता भारतले ११८ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । यसमा चर्चित खेल पब्जी र पेमेन्ट सर्भिस अली पे पनि रहेको थियो ।चिनियाँ पक्षले अतिक्रमण गरेको भन्दै सिंगापुरको क्षेत्रफल जति रहेको पाङ्गोङ त्सो हिमतालको दक्षिणी क्षेत्रमा भारतले सैन्य उपस्थिति बढाएसँगै दुई देशबीच तनाव बढ्न थालेको हो ।

यसअघि सैनिक उपस्थिति नरहेको उच्च क्षेत्रमा कब्जा जमाउने निर्णयसँगै तनाव बढेको थियो र गत जुनमा भएको हिंस्रक झडपमा २० भारतीय सैनिक मारिएपछि केही समय सेलाएको थियो । तर, केही समयपछि पुनः सो क्षेत्रमा तनाव बढ्न थालेको छ । स्रोत स् साउथ चाइना मोर्निङ पोष्ट