तुल्सीपुरको थुनुवा कक्ष खाली
प्रकासित मिति : २०७७ भाद्र २५, बिहीबार १९:१३
प्रकासित समय : १९:१३
दाङ, तुल्सीपुर कोरोना भाइरसले गर्दा इलाका प्रहरी कार्यालय तुल्सीपुरको थुनुवा कक्ष खाली भएको छ ।प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार बुधबार चार थुनुवा रिहा भएसँगै थुनुवा कक्ष खाली भएको हो ।
उनका अनुसार जघन्य अपराध गरेका बाहेक सामान्य झैझगडाका घटनाहरु छलफल गरेर टुङ्ग्याउने गरिएको छ ।विभिन्न जिल्लाका थुनुवा कक्षमा पनि कोरोना सङ्क्रमण पुष्टि भएकाले तुल्सीपुर क्षेत्रमा त्यस्तो खालको समस्या नआओस् भनेर छिटो अनुसन्धान गरी थुनुवा कक्ष खाली गरिएको उनको भनाइ छ ।
लागुऔषधको ९० दिन र अन्य अपराधको २५ दिन थुनामा राखेर अनुसन्धान गर्ने भए पनि पछिल्लो समय लागुऔषधको ३०र४० दिन र अन्य अपराधको ८र१० दिनमै सबै प्रक्रिया पूरा गरेर सङ्क्रमित हुनसक्ने कुरालाई मध्यनजर गरी थुनामुक्त गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।