काठमाडौंमा मात्रै ४ सय ९५ जनामा कोरोना पुष्टि

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ४ सय ९५ जनामा कोरोना पुष्टि भएको छ। जसमा १ सय ४७ महिला छन्।

त्यस्तै भक्तपुरमा ३४ जनामा कोरोना देखिएको छ । जसमा २२ जना पुरुष छन्। त्यस्तै ललितपुरमा ४३ जना संक्रमित थपिएका छन्। काठमाडौं उपत्यकामा तीन जिल्लामा गरी ५ सय ७२ संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा देशैभर १२ सय ४६ जनामा संक्रमण देखिएको छ।