नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र २५, बिहीबार १६:३७
प्रकासित समय : १६:३७
काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ। १ हजार ८१८ जना संक्रमण मुक्त भएका छन् ।