नेपालमा थप १ हजार २४६जना कोरोना भाइरस संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ भाद्र २५, बिहीबार १६:३०
प्रकासित समय : १६:३०
काठमाडौँ, नेपालमा थप १ हजार २४६जना कोरोना भाइरस कोभिड १९ को संक्रमित भएका छन ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २४६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५० हजार ४५६ पुगेको छ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३५ हजार ७०० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८१८ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७१ प्रतिशत संक्रमित निको भएका छन् ।
हाल नेपालमा १४ हजार ४४८ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ८ हजार १० जना रहेका छन् । होम आइशोलेशनमा ६ हजार ४३८ रहेका छन् । अहिले क्वारेन्टाइनमा ५ हजार ८०६ रहेका छन् । आज ११ हजार १४४ जनाको पिसिआर परिक्षण गरिएको छ ।