दुई महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ
प्रकासित मिति : २०७७ भाद्र २५, बिहीबार १२:४१
प्रकासित समय : १२:४१
पोखरा, दुई महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ भएका छन्। पक्राउ हनेमा पोखरा महानगर ७ शान्तिनगर बस्ने ३७ वर्षीय बामदेव सुवेदी रहेका छन् ।
३१ र ३६ वर्षीया महिलालाई विभिन्न डर, धम्की तथा प्रलोभन देखाइ बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीविरूद्ध प्रहरीले करणीसम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।