एमसीसी संशोधनसहित अनुमोदन गर्न ओली प्रचण्डको प्रस्ताव

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्झौता संशोधनसहित संसदबाट अनुमोदन गर्ने प्रस्ताव गरेका छन् ।

ओली प्रचण्डले स्थायी समितिमा पेश गर्ने प्रस्तावमा भनिएको छ नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन बीच सन् २०१७ मा सम्पन्न भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट संझौता यतिबेला संसदमा अनुमोदनको लागि विचाराधीन अवस्थामा छ । उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नु अघि आवश्यक अध्ययन गरी सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोश्रो बैठकबाट कार्यदल गठन गरिएको थियो । कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट संझौता र सो सम्वन्धी कार्यदलको प्रतिवेदन उपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने । उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्टपार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने ।

पछिल्लो समय पार्टीका शिर्ष नेताहरुबीच मतभिन्नता हुँदा यस विषयमा छलफल हुन सकेको छैन ।