समाचारको विषयलाई लिएर राप्ती गाउँपालिकाको पत्रकारलाई वारेन्ट
दाङ, समाचारको विषयलाई लिएर दाङको राप्ती गाउँपालिकामा छलफल भएको छ । गाउँपालिकाले गत भदौ १७ गते नदीजन्य पदार्थ ढुंगा गिट्टी बालुवा उत्खनन संकलन र निकासी गर्ने प्रयोजनका लागि यसले भौतिक, जैविक , सामाजिक वातावरण र आर्थिक लगायतका विषयमा वातावरणीय हिसाबले के असर पार्दछ भनि राय सुझावका लागि प्रकाशित ७ दिने सार्वजनिक सुचना सम्बन्धमा देउखुरी टुडेका प्रकाशकर संम्पादन सन्तोषकुमार गुप्ताले आफुलाई लागेको विषयमा आफ्नो फेसबुकवालमा गम्भीर आपत्ती छ भनि प्रकाशित गरेको समाचारका विषयलाई लिएर गाउँपालिकामा छलफल भएको छ ।
गुप्तालाई गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले गाउँपालिकाको कार्यकक्षमा तुरुन्त उपस्थित हुनु भनि जारी गरेको निर्देशन प्रति गम्भीर ध्यानाकर्षण भई बिहीबार प्रकाशक र सम्पादक गुप्ता , नेपाल पत्रकार महासंघ ५ नम्बर प्रदेश सभासद महेश रिजाल, सञ्चारकर्मीहरू ओमप्रकाश गुप्ता, भिसुन शाही, रितु राना सहित पत्रकारको टोली त्यहाँ पुगेको थियो । गाउँपालिकाका अध्यक्ष सुवेदी आक्रोसित मुद्रामा प्रस्तुत भएपछि सञ्चारकर्मी र अध्यक्ष सुवेदी बिचमा केही बेर तनावको स्थिति सिर्जना भएको थियो । गाउँपालिकाका अध्यक्ष सुवेदी र प्रमुख प्रसासकिय अधिकृत रिजालले आफ्नो त्रुटि नदेख्ने र अरू माथि औला उठाउने शैली मलाई मन नपरेको छलफलमा गुप्ताले बताए ।
७७ जिल्लामा लागू हुने कानुनको व्याख्या गरेपनि चुरेको बिषयमा कुरा गर्न नचाहेको गुप्ताले बताएका छन् ।राज्यको चौथो अंग पत्रकारिताले समाजका सुचनाहरूलाई उजागर गर्नु उसको कर्तव्य हो । त्यसैले कुनै समाचार लेखेकोमा वा प्रकाशित गरेको विषयमा चित्त नबुझे समाचार वा विषयबस्तुको खण्डन गर्ने वा कानुनी उपचार खोज्ने संविधानको प्रचलित कानुन छदाछदै अपराधीलाई सरह मानसिक तथा भौतिक प्रकारले बदलाउ लिनु सरासर गलत हुन्छ भन्ने विषयमा सञ्चारकर्मीहरूले आपत्ती प्रकट गरेपछि अध्यक्ष सुवेदी र कार्यकारी प्रमुख रिजालले त्यो अर्थमा आफुहरूले सञ्चारकर्मी गुप्तालाई नबोलाएको भनेपछि छलफल सौहार्द पुर्वक टुङगिएको थियो ।
उक्त छलफलमा राप्ती नदी तथा पर्यावरण संरक्षण समिति भालुवाङका अध्यक्ष टोपबहादुर कार्की र सचिव होमप्रसाद शर्मा तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी लगायत गाउँपालिकाका विभिन्न विभागीय अधिकृतहरूको पनि उपस्थिति रहेको थियोे ।