ओली प्रचण्डबीचको छलफल सकियो
प्रकासित मिति : २०७७ भाद्र २४, बुधबार १६:१२
प्रकासित समय : १६:१२
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपरान्ह भएको अध्यक्षद्वय ओली र प्रचण्डबीचको छलफल सकिएको स्रोतले बताएको छ । अध्यक्षद्वयबीच स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्तावबारे छलफल भएको बताइएको छ । स्रोतका अनुसार अध्यक्षद्वयले प्रस्तावलाई अन्तिम रूप दिएका छन् ।नेकपाले भदौ २६ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ ।
गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक पार्टी भित्रको विभिन्न उत्तरचढावका बीच साउन १३ पछि बस्न सकेको छैन ।