पछिल्लो २४ घण्टामा थपिए १ हजार ८१ कोरोना संक्रमित
प्रकासित मिति : २०७७ भाद्र २४, बुधबार १६:२७
प्रकासित समय : १६:२७
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ८१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३३ हजार ८८२पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९१८ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६८.८ प्रतिशत संक्रमित निको भएका छन् ।
हाल नेपालमा १५ हजार २५ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ७ हजार ९८८ जना रहेका छन् । होम आइशोलेशनमा ७ हजार ३७ रहेका छन् । अहिले क्वारेन्टाइनमा ५ हजार ४८० रहेका छन् । आज ११ हजार १६७ जनाको पिसिआर परिक्षण गरिएको छ ।

