नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र २४, बुधबार १६:३१
प्रकासित समय : १६:३१
काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ। ९१८ जना संक्रमण मुक्त भएका छन् ।