अल्का अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र २४, बुधबार १०:५०
प्रकासित समय : १०:५०
काठमाडौं, ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ६७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो ।
संक्रमित पुरुषको उपचारका क्रममा मंगलबार साँझ ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार ललितपुरमा मंगलबार थप ३९ जनामा कोरोना संक्रमण देखिएको छ । १८ पुरुष र २१ महिला संक्रमित मंगलबार राति ८ बजेसम्म थप भएको पनि कार्यालयले जनाएको छ ।