कोरोना संक्रमण बढेपछि छिन्चु बजार सिल
प्रकासित मिति : २०७७ भाद्र २३, मंगलवार १८:४०
प्रकासित समय : १८:४०
सुर्खेत, कोरोना संक्रमणको दर बढेपछि सुर्खेतको छिन्चु बजार सिल गरिएको छ । जिल्लाकै व्यापारिक केन्द्र छिन्चु बजार स्थानीय प्रशासनले एक साताका लागि सिल गरेको हो ।
मंगलबार राति १२ बजेदेखि भदौ ३० गते राति १२ बजेसम्मका लागि बजार सिल गरिएको भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले जानकारी दिइन् ।‘मंगलबार बसेको सर्वपक्षीय बैठकले एक साताका लागि बजार पूर्णरूपमा सिल गर्ने निर्णय गरेको हो ।बजारको पूर्वमा चिप्लेखोला, पश्चिममा भेरी पुल, उत्तरमा राताचौर र दक्षिणमा हर्रे क्षेत्रभित्र बन्द गरिएको उनले बताइन् ।
बजार आसपासका औषधि पसलबाहेक बैंक तथा वित्तीय संस्थाहरू समेत बन्द गरिने छ ।