सडक दुर्घटनामा गम्भीर घाईते युवा नेता चन्दलाई काठमाडौं लगियो
प्रकासित मिति : २०७७ भाद्र २३, मंगलवार १४:५१
प्रकासित समय : १४:५१
कोहलपुर, सडक दुर्घटनामा परेर युवा नेता चक्र मिलन चन्द गम्भीर घाईते भएका छन् ।मंगलबार बिहान कोहलपुरको न्युरोड चोक नजिकै युवा नेता चन्द सवार भे ९ प १९१० नम्बरको स्कुटरलाई पछाडीवाट आएको पानी वोक्ने गाडीले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
घाईते नेता चन्दको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ । उनको टाउकोमा रगत जमेको उपचारमा संलग्न डाक्टरहरुले वताका छन् । उनलाई थप उपचारकालागि प्लेन च्यार्टर गरेर काठमाण्डौं लगिएको छ ।
लामो समय बाँकेको विद्यार्थी आन्दोलनको नेतृत्व गरेका युवा नेता चन्द साविकको अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य समेत हुन । उनले २१ अौँ राष्ट्रिय सम्मेलनवाट १५ बर्षे विद्यार्थी राजनिती बाट बिदा लिएका थिए । हाल उनि सत्ता नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को जिल्ला कमिटी सदस्य समेत रहेका छन् ।