दुर्घटना परी घाइते भएका पुरुषको कोरोना संक्रमितको कारण ज्यान गयो

नेपालगन्ज , पर्साको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका अर्घाखाँचीका कोरोना संक्रमितको ज्यान गएको छ । अर्घाखाँची सितगंगा नगरपालिका–१२ का ४२ वर्षीय पुरुषको मंगलबार बिहान ९ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका उपनिर्देशक डा दिनेश श्रेष्ठले जानकारी दिएका छन् ।मृतक भदौ ११ गते कोहलपुरस्थित शिक्षण अस्पतालमा गम्भीर अवस्थामा भर्ना भएका थिए ।

भेन्टिलेटरमा राखेर उपचार गर्दा केही सुधार भए पनि मंगलबार उनको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।मृतक साउन २७ गते टिपर दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा भर्ना भएका थिए । दायाँ करङ र नाडी भाँचिएका उनको १४ दिनपछि अप्रेसन गर्नुअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।त्यसपछि उनी भैरहवाकै भीम अस्पतालमा रिफर भएका थिए ।

भीम अस्पतालले समेत कोरोना संक्रमितको शल्यक्रिया गर्न जोखिम हुने भएकोले ११ गते कोहलपुर रिफर गरेको थियो ।