हाल कोरोना संक्रमित नभएका ६ जिल्ला
प्रकासित मिति : २०७७ भाद्र २३, मंगलवार १८:३४
प्रकासित समय : १८:३४
काठमाडौं, स्वास्थ्य मन्त्रालयले हाल नेपालका ६ जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या नरहेको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ६ जिल्ला कोरोनामुक्त भएको जानकारी दिएका हुन् । उनले त्यहाँ भएका सबै कोरोना संक्रमितहरु निको भएको र हाल सक्रिय संक्रमित नभएको जानकारी दिएका हुन् ।
जसमा प्रदेश नम्बर १ मा १, गण्डकी प्रदेशमा २, र कर्णाली प्रदेशमा ३ वटा जिल्ला रहेका छन् ।
यी हुन् संक्रमण मुक्त ६ जिल्ला
तप्लेजुङ
मनाङ
मुस्ताङ
डोल्पा
हुम्ला
मुगु
प्रवक्ता गौतमले नेपालमा बितेको २४ घण्टामा गरिएको १० हजार ६११ नमूनाको पीसीआर परीक्षणका क्रममा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।
।

