कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ भाद्र २२, सोमबार १७:००
प्रकासित समय : १७:००
सुर्खेत, कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, जुम्ला र दैलेख गरिएको परीक्षणमा नेपाल कम्युनिस्ट पार्टी सुर्खेतका जिल्लास्तरीय नेतासहित थप २५ जनामा कोरोना पुष्टि भएको हो।
सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ८ जना, दैलेखका ४ जना,मुगु र बाँकेका दुई दुई जना र कालिकोट,जाजरकोट,हुम्ला,रुकुम पश्चिम,बर्दिया,अछाम र तेह्रथुमका एक एक जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै जुम्ला र दैलेखमा गरिएको परिक्षणमा क्रमशः जुम्ला र दैलेखका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेश अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ।यो सङ्गै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको जम्मा संख्या २ हजार ६ सय ७४ पुगेको छ।