नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र २२, सोमबार १६:४०
प्रकासित समय : १६:४०
काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
सोमबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ। १ हजार ७३६ जना संक्रमण मुक्त भएका छन् ।