देउखुरी ड्रिङकिङ वाटरको चरम लापरवाही, पानीको जारमा भटियो लेउ
दाङ, दाङको देउखुरी ड्रिङकिङ वाटर कम्पनीले उत्पादन गरेको जारमा लेउ भेटिएको छ । लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको कम्पनीले उत्पादन गरेको जारमा सोमबार लेउ भेटिएको हो ।
राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरी स्थित ज्ञवाली स्टोरले बिक्रीका लागि राखेको शिल गरेको पुरानो,खुइलिएको जारमा कम्पनीको स्टिकर समेत नरहेको र जार भित्र लेउ लागेको अवस्थामा फेला पारेको स्थानीय ग्राहक अर्जुन अधिकारीले बताएका छन् । जार किनेर लगियो खासै ख्याल पनि गरिएन पानी सकिए पछि जार हेर्दा लेउ लागेको देखियो साटेको जार नहेर्दा त्यही फोहोर पानी समेत खाइएको उनले बताए ।
कम्पनीको चरम लापरबाहीले ग्राहकहरू शुद्व पानीको नाममा अशुद्ध फोहोर पानी पिउनु परेको छ । यो उपभोक्ताको स्वास्थ्य माथिको ठुलो खेलवाड गरेको अधिकारीले बताएका छन् । सरोकारवाला निकायले समय समयमा बजार अनुगमन नगर्दा ग्राहकहरू ठगिने गरेका छन्