जबरजस्ती करणी गरेको आरोपमा एक जना प्रहरी पक्राउ
प्रकासित मिति : २०७७ भाद्र २२, सोमबार १५:१८
प्रकासित समय : १५:१८
काठमाडौं, घरमै गएर युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी जवान उपेन्द्र थिङ छन् ।
२१ वर्षीया युवतीले दिएको किटानी जाहेरीका आधारमा थिङलाई पक्राउ गरिएको गौशालाका प्रहरी नायब उपरीक्षक डीएसपी जितेन्द्र भण्डारीले जानकारी दिए ।‘अहिले म्याद थप गर्न पठाएका छौं’, भण्डारीले भने । प्रहरी जवान थिङले आइतबार वनकालीस्थित घरमै आएर आफूलाई बलात्कार गरेको पीडित युवतीको दाबी छ ।जाहेरीपछि प्रहरी उनको स्वास्थ्य परीक्षण समेत गराएको छ ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जवान र पीडित भनिएको युवतीबीच पहिल्यैदेखि चिनजान रहेको पाइएको छ । तर, दुईबीचको सम्बन्धबारे विस्तृतमा खुलिसकेको छैन ।