राष्ट्रिय युवा संघ बारेकोटले वडापालिका स्तरिय समितीको टुङ्गो लगायो
प्रकासित मिति : २०७७ भाद्र २२, सोमबार १४:५६
प्रकासित समय : १४:५६
सुर्खेत, राष्ट्रिय युवा संघ जाजरकोट बारेकोट गाउँपालिकाले वडापालिका स्तरिय युवा संघ समितीको टुङ्गो लगाएको छ। बारेकोट गाउँपालिका भित्रका ९ वटै वडापालिकाको राष्ट्रिय युवा संघ गठन गर्नेकार्य सम्पन्न गरेको हो। एकजना संयोजक ,एक जना सह संयोजक र २९ सदस्य रहने गरी कार्यसमिती गठन भएको हो ।
गत भाद्र ११ गते बारेकोट गाउँपालिका वडा नं २ देखि सुरु गरि भाद्र २२ गतेसम्म बारेकोटका विभिन्न वडाको समिती गठन गर्दै १ नं वडा रामिडाँडामा आएर सो कार्य समापन भएको राष्ट्रिय युवा संघ बारेकोटका संयोजक बिनोद शाही ले जानकारी गराए।
राष्ट्रिय युवा संघ बारेकोटले बल्लबल्ल समितिको टुंगो लगाउँदै मुर्त रुप दिएको छ।