नेकपाको स्थायी समिति बैठक २६ भदौमा बस्ने
काठमाडौँ , नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटीको बैठक आगामी भदौ २६ गते बस्ने भएको छ ।सोमबार बिहान अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता पछि स्थायी कमिटि बैठक बस्ने निर्णय भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भदौ २६ गते स्थायी समिति बैठक बस्ने सहमती भएर बैठक बोलाएको जानकारी दिए ।गत साउन १३ गतेबाट स्थगित बैठक ४० दिनपछि भदौ २६ गते बोलाउने सहमति भएको हो ।बैठकबारे सोमबार बिहान बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीचको छलफल भएको थियो ।
उक्त बैठकमा पार्टी कार्यदलले दिएको प्रतिवेदन र सचिवालय सदस्यहरुको धारणालाई समेत समेटेर दुई अध्यक्षले प्रस्ताव पेश गर्ने बुझिएको छ ।नेकपाभित्र विवाद बढ्दै गएपछि साउन १३ गते यता बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो