लघु जलविद्युत् आयोजनाको पावर हाउसमा पहिरो खस्दा दुईजनाको मृत्यु

ताप्लेजुङ, अविरल वर्षाका कारण ताप्लेजुङको नागदेवा लघु जलविद्युत् आयोजनाको पावर हाउसमा पहिरो खरेको छ ।
पहिरोमा परी दुईजनाको मृत्यु भएको छ ।

आइतबार राति पहिरोले सिरिजंघा गाउँपालिका–४ तेल्लोकमा पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु लिम्बू र उनका साथी विष्णुराज ५५ वर्षिय थेबेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

विहान ६ बजे खबर पाएसँगै घटनास्थलमा गएका प्रहरी तथा स्थानीयबासीको सहायतामा मृतकहरुको शव निकालिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने तयारी भएको छ ।