चितवनमा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ भाद्र २२, सोमबार ११:३१
प्रकासित समय : ११:३१
चितवन, भरतपुर अस्पताल कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
४ सय ५ वटा नमुना परिक्षा गर्दा ४३ वटा नमुनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन् ।संक्रमित हुनेहरुमा चितवनको भरतपुर महानगरपालिकाका १३ जना, कालिकाका ९ जना, खैरेनीका १, रत्ननगरका २ जना रहेका छन् ।
यस्तै, नवलपुरका ३ र रौतहट, धनुषा, अर्घाखाँची, झापा, पर्सा, कपिलवस्तु र सुनसरीका ११ जना रहेका छन् ।