बर्दियाका ७ जनासहित बाँकेमा १३ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ भाद्र २२, सोमबार १७:१४
प्रकासित समय : १७:१४
नेपालगन्ज, बाँके भेरी अस्पतालमा गरीएको परिक्षणमा बाँकेका ६ जना र बर्दियाका ७ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।
थपिएका नयाँ संक्रमितहरुमा बाँकेको कोहलपुरका १, नेपालगन्जका र राप्तीसोनारीका २/२ जना तथा सुर्खेत घरभई बाँके बस्दै आएका एक जना रहेका छन । नयाँ संक्रमित थपिएसँगै बाँकेमा कोरोना संक्रमितको सँख्या १ हजार २५७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी सोमबार बर्दियाको मधुवन नगरपालिकाका ६ र ठाकुरवावाका १ जनामा समेत संक्रमण पुष्टि भएको छ ।