काठमाडौंमा थपिए ३२६ जना कोरोना संक्रमित
प्रकासित मिति : २०७७ भाद्र २२, सोमबार १६:४२
प्रकासित समय : १६:४२
काठमाडौं, उपत्यकामा पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना संक्रमित थपिएका छन्।
उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका २९३ जना, ललितपुरका २० जना र भक्तपुरका १३ जनामा संक्रमण पुष्टि भएको हो।
हिजो आइतबार काठमाडौंका २९० जना, ललितपुरका ३२ जना र भक्तपुरका ३२ जना गरी ३५४ जनामा संक्रमण पुष्टि भएको थियो।

