एकै दिन ९७९ जनामा कोरोना पुष्टि १,७३६ डिस्चार्ज,

काठमाडौं,  नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

योसहित नेपालमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ४७ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा नौ हजार २१८ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा ९७९ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा एक हजार ७३६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ जना पुगेको छ ।

अब नेपालमा १७ हजार २५९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार ७३९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या तीन सय पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।