देउखुरीमा माओबादीका प्रत्यासी उम्मेद्वार नै काँग्रेसमा प्रबेश गरेपछि…

देउखुरी, दाङको लमहीमा विभिन्न पार्टी परित्याग गरी ६७ जना युवाहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । लमही नगरपालिका वडा नम्बर ८ सतबरियाका स्थानीयहरु नेपाली काङ्ग्रेसमा प्रबेश गरेका हुन् ।

तत्कालिन माओबादी प्यानलबाट वडाध्यक्षका प्रत्यासी उम्मेद्वार गोपाल चौधरीका छोरा पनि काँग्रेसमा प्रबेश गरेका छन् । गोपाल भनिएका गत स्थानीय चुनाबमा काँग्रेसका मेघनारायण चौधरी सँग पराजित भएका थिए । तर उनका छोरा सत्य चौधरी सँगै सबै परिवार नेपाली काँग्रेसमा प्रबेशमा गरेका हुन् ।

त्यस्तै जनता समाजबादी पार्टी नेपालका नेता प्रकाश चौधरीका दाजु र भाइ राजाराम चौधरी र बिनोद चौधरी सहित ६७ जना पनि काँग्रेसमा प्रबेश गरेको लमही नगर सह संयोजक प्रतापकुमार खड्काले जानकारी दिए । यसैबीच राप्रपाबाट वडाध्यक्षकै प्रत्यासी उम्मेद्वार राप्रपाका लिला चौधरीका छोरा निराजन चौधरी पनि काँग्रेसमा प्रबेश भएका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय तथा संविधानसभाका पूर्व सदस्य योगेन्द्र चौधरीले उनीहरुलाई पार्टी प्रबेश गराउँदै फुल, माला अबिरले भब्य स्वागत गरेका थिए । देशको समृद्दि र हितका लागि युवा आबश्यक रहेको बताउँदै उनले जनताको हकहितका लागि युवाहरुनै अग्रसर बन्नुपर्ने कुरामा जोड दिएका थिए ।

नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेय, नेपाली काङ्ग्रेसका महासमिति सदस्य कर्णबहादुर बुढाथोकी, काँग्रेस नेता मधु न्यौपाने, लमही नगर वडा-७ का वडा सभापती लालबहादुर बुढाथोकी, वडाध्यक्ष मेघनारायण चौधरी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।