कर्णालीमा थप ५१ जनामा कोरोना संक्रमन पुष्टि

सुर्खेत , कर्णालीमा आइतवार थप ५१ जनामा कोरोना संक्रमन पुष्टि भएको छ । सुर्खेत र जुम्लामा गरिएको परीक्षणमा थप ५१जनामा कोरोना पुष्टि भएको हो। जसमा सुर्खेतमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसमा वीरेन्द्रनगर नगरपालिका ३२ जना, चिगाँड गाउँपालिकाका २ जना,चौकुने गाउँपालिकाका ६ जना,भेरीगङ्गा नगरपालिकाका २ जना छन । त्यस्तै जाजरकोटका २ जना र दैलेख, रुकुम पश्चिम तथा जुम्लाका एक एक जनामा पनि कोरोना भाइरस पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ ।

जुम्लामा गरिएको परिक्षणमा जुम्लाकै ४ जनामा कोरोना पुष्टि भएको छ । आइतवार ५१ जना थपिएसंगै कर्णालीमा कोरोना सङ्क्रमितको जम्मा संख्या २ हजार ६ सय ४९ पुगेको छ।पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोरोना निको भइ डिस्चार्ज हुनेको संख्या २६ रहेको छ ।