काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ भाद्र २१, आईतवार १६:५१
प्रकासित समय : १६:५१
काठमाडौँ, काठमाडौं उपत्यकामा पछिल्लो थप ३५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका २९० जना, ललितपुरका ३२ जना र भक्तपुरका ३२ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार मात्र काठमाडौँ उपत्यकामा ४०८ जनामा कोरोना देखिएको थियो ।
संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।