नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

आइतबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । आज मृत्यु पुष्टि हुनेमा २ जना महिला र ७ पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ ।